
असोज २० काठमाडौं । विप्लव नेतृत्व को नेपाल कम्युनिस्ट पार्टी निकट अखिल ( क्रान्तिकारी )केन्द्रीय समितिको आयोजनामा
भारतद्वारा अतिक्रमित भुमी लिपुलेक,नावी,कुटी, गुन्जी र कालापानी लगाएतका क्षेत्रमा बसोबास गर्ने जनताहरुको जनगणना गर्नुपर्ने माग राख्दै राजधानीको माईतीघर मण्डलामा दबावमुलुक विरोध प्रदर्शन सम्पन्न गरिएको छ ।
उक्त विरोध प्रदर्शन कार्यक्रममा अखिल(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष प्रकाश शाहीले मन्तव्य राख्दै यो देशका राज्य सञ्चालकहरु आजको दिनमा आफ्नो सत्ता र शक्तिको संरक्षणमा मात्रै लिप्त भएको उहाँको टिप्पणी थियो । शाहीले आफ्नो देशको भूगोल भित्र रहेका जनताको विवरण जनगणना जस्तो महत्वपूर्ण तथ्यांकमा समेटिनु पर्ने बताएका छन् र जनताको अधिकार लाई सुनिश्चित गर्नु राज्य जिम्मेवार बन्न आग्रह गरेका छन् । सत्ताका बसेका दलालहरुले देखाउने नक्कली राष्ट्रवादको खोक्रो भाषणका कारण पटक पटक नेपाली जनताहरुले सीमा नाकामा, सीमा नजिकका विभागहरुमा वर्षौं देखि दुख पाइरहेको उहाँको भनाइ थियो । उनका अनुसार देशको राष्ट्रियता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वतन्त्रता लाई आँच पुग्न नदिन आफ्नो संगठन जस्तोसुकै बलिदानी गर्न पनि तयार रहेको बताएका छन् र यो राज्य सत्ताले उक्त अतिक्रमित भूभागमा बसोबास गर्ने जनताको तथ्यांक लाई संकलन गरेन भने आफ्नो संगठनले जनगणना को प्रक्रिया अगाडि बढाउने चेतावनी दिएका छन् । राष्ट्रियताको सवालमा सबै देशभक्त नागरिक एकढिक्का भएर विदेशी साम्राज्यवादका विरुद्ध संघर्ष गर्नु अपिल सबै जनतालाई अपिल पनि गरेका छन ।
सो विरोध कार्यक्रम संचालन अखिल (क्रान्तिकारी)का महासचिव मिलन राईले गरेका थिए भने कार्यक्रममा संगठनका केन्द्रिय उपाध्यक्ष, सचीव,कोषाध्यक्ष,केन्द्रीय सदस्यहरु र जिल्लाका नेताकार्यकर्ताहरुको प्रतिनिधित्व रहेको थियो