ट्रेन्डीङ्ग

१६ दिनदेखि बेपत्ता पुरुष मृत फेला

डिबि खड्का,असोज १४ गुल्मी ।गुल्मीका एक युवा बेपत्ता भएको १६ दिनपछि मृत फेला परेका छन।                                                                                                                          जिल्लाको मालिका गाउँपालिका-७ घमिर दीर्घका ३१ वर्षका लेखनाथ पन्थी मृत अवस्था फेला परेका हुन्। शारीरिक र मानसिक रूपमा अशक्त उनी भदौ २८ गतेदेखि बेपत्ता भएका थिए। बुधबार पन्थीको शव घर नजिकैको गरेङखोला जंगलमा सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

स्थानीयले निउरो टिप्न जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए।

घरबाट हराएपछि भदौ २९ गते परिवारले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए। शवको पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको गुल्मी प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal