ट्रेन्डीङ्ग

दृष्टिबिहिन महिलाहरुको नेतृत्व विकास सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

विपिन पाठक, ०६ आश्विन,चितवन ।

नेत्रहिन महिलाहरुको नेतृत्व विकास सम्बन्धी कार्यशाला गोष्ठी गैंडाकोटमा सम्पन्न भएको छ ।

नेत्रहिन युवासंघ नेपाल द्वारा विभिन्न जिल्लाका २६ बढी दृष्टिबिहिन महिलाहरुको उपस्थितिमा आयोजित दुई दिने कार्यशालाको प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य एवं राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति पार्वती रावल रहनुभएको थियो।

अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार संविधानमा नै सुनिश्चित गरिएको भएता पनि त्यस भित्र दृष्टिबिहिन महिलाहरुको प्रतिनिधित्व नगन्य रहेकाले यसलाई बढाउनुपर्ने धारणा सहित कार्यक्रमको उद्घाटन गर्नुभएकी रावलले दृष्टिबिहिन महिलाहरुको अवस्था निकै कष्टकर रहेकाले जागरण आवश्यकता रहेको भनाइ राख्नुभएको थियो।

त्यसैगरी गैंडाकोट नगरपालिका उप प्रमुख बिष्णु कुमारी कंडेलले यस्ता कार्यक्रमहरुले अपाङ्गता भएका ब्यक्तिहरुको मनोवल सङ्गै नेतृत्व क्षमता अभिवृद्धि गर्न मद्धत गर्ने बताउनु भएको थियो। बिभिन्न सेसनमा प्रशिक्षण सङ्गै प्रतिभा प्रस्तुती समेत गरिएको उक्त कार्यक्रम नेत्रहिन युवासंघ नेपालका केन्द्रीय अध्यक्ष कलाधर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो।

भुपराज पाठकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालक दुर्गा आचार्य रहनुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?