ट्रेन्डीङ्ग

एमसिसि सम्झौता विरुद्ध नेकपा उदयपुरको बिरोधसभा

उदयपुर संवाददाता । एमसिसि परियोजनाको उपाध्यक्ष फातिमा सुमार नेपाल आएर सरकार लगायत प्रतिपक्षी राजतिक पार्टीको शिर्ष नेताहरु संग परियोजना पास गराउन भेटघाट गरिरहेको बेला बिप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भने देशभर एमसिसि खारेजिको विरुद्ध सडकमा ओर्लिएको छ।
पार्टीको केन्द्रिय कार्यक्रम अनुसार विभिन्न किसिमबाट बिरोध जनाइरहेको नेपाल कम्युनिस्ट पार्टी उदयपुरले हिजो(भदौ २८ गते)उदयपुरको सदरमुकाम गाइघाट बजारमा शक्ति प्रदर्शन सहित बिरोध सभा सप्पन्न गरेको छ।

करिब तीन सयको रातो झन्डा सहितको टोलिले एमसिसि खारेज गर,राष्ट्रिय स्वाधीनता रक्षा गर लगायतको नारासहित बजार परिक्रमा गर्दै पिपल चोकमा आएर सभा गरेका थिए ।

सभालाइ जिल्ला पार्टीका इन्चार्ज बिबेक कुमाल र सेक्रेटरी लक्ष्मण पौड्यालले गरेका थिए। सभामा बोल्दै कुमालले देशमा अहिले बिदेशि दलालहरुले सरकार चलाइरहेको र राष्ट्रघाती अमेरिकी एमसिसि पास गर्न लागेको बताउदै यो परियोजनाले नेपाललाइ बिश्व शक्ति राष्ट्रहरुको युद्ध भुमि बनाउने हुदा जुनसुकै हालत रोक्नु पर्ने बताए। यदि जबर्जस्त नेपाल र नेपाली जनताको भावना बिपरित एमसिसि पास गरिए दलालहरुको धुलोपिठो बनाइदिने चेतावनी दिए।

सेक्रेटरी पौड्यालले राष्ट्रिय स्वाधीनता सर्बाधिक संकटमा परेको हुँदा रक्षाको निम्ति सबै देशभक्त र राष्ट्रबादि शक्ति एक हुनुपर्ने र त्यसको नेतृत्व जुनसुकै मुल्य चुकाएर पनि नेपाल कम्युनिस्ट पार्टीले गर्ने बताए। एमसिसि नेपालको हितमा छ भन्नेहरुले जनतामा भ्रम छरेको भन्दै त्यस्तो भ्रममा नपर्न जनतालाइ आव्हान गर्दै आबश्यक परे बिदेशीको गुलाम हुनुभन्दा बलिदान स्विकार्य छ भन्नुभयो।

बिरपुर्खाहरुले खुकुरीको भरमा निर्माण गरेको स्वाधिन नेपालमाथि कुनै पनि साम्राज्यबादि देश र तिनका दलालहरुलाइ गिद्दे दृस्ठि नलाउन चेतावनी दिदै एक पटक नेपालको बिरताको इतिहास पढ्न अनुरोध गरे।सभाका अध्यक्ष मिन प्रसादले कार्यक्रम समापन भएको घोषणा गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal