ट्रेन्डीङ्ग

नेकपा सहित ७ दलद्वारा तौलिहवामा एमसिसी विरुद्ध बिरोधसभा हुने

भदौ २४ कपिलवस्तु । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित ७ दलले भोलि अर्थात भदौ २५ गते तौलिहवामा एमसिसि सम्झौता विरुद्ध हुने संयुक्त बिरोधसभा सहभागी हुन अपिल गरेका छ्न।

७ दलिय संयुक्त मोर्चाले एक विज्ञप्ति मार्फत बिरोध सभा सहभागी हुन अपिल गरेका हुन।

संयुक्त विज्ञप्ति भनिएको छ”राष्ट्रघाती अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसि सम्झौता संसदबाट जसरी पास गर्न खोजिदैछ यसका विरुद्ध देशभक्त,बुद्धीजिवी,शिक्षक,कर्मचारी,क्रान्तिकारी,वामपन्थी शक्तिहरुको व्यापक विरोध हुदा हुदै पनि पास गराएर देशलाई अफगानिस्तान बनाएर यहाका स्रोत साधन अमेरिकी साम्राज्यवादलाई बुझाउन खोजिदैछ।”यसका विरुद्ध सम्पूर्ण कपिलवस्तु जिल्लाका देशभक्त,युवा,बुद्धिजिवि,व्यापारी,शिक्षक र कर्मचारीले शसक्त रुपमा एमसिसिका विरुद्ध संघर्षमा उत्रन हामी अनुरोध गर्दछौं।”

संयुक्त दल / मोर्चाहरुले भोलि २०७८ भाद्र २५ गते कपिलवस्तुको तौलिहवामा राष्ट्रघाती एमसिसी विरुद्ध संयुदधिरामक्त विरोध सभा दिनको ठीक १ बजे गर्ने भएकोले सम्पूर्ण देशभक्त,न्यायप्रेमी,जनसमुदाय र संचारकर्मीलाइ उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं विज्ञप्ति उल्लेख गरिएको छ ।

विज्ञप्तिमा विप्लव नेतृत्वको नेकपाको तर्फबाट कमल के.सी,नेपाल कम्युनिष्ट पार्टी(मसाल)को तर्फबाट छविलाल गैरे,मालेको तर्फबाट चन्द्रकान्त आचार्य,नेकपा(क्रान्तिकारी माओवादी)को तर्फबाट कमल उप्रेती,वैज्ञानिक सामाजबादी कम्युनिष्ट पार्टीको तर्फबाट सस बहादुर सुनार,राष्ट्रिय जनमोर्चा दधिराम आचार्य र देशभक्त जनगणतान्त्रिक मोर्चा ज्ञानिराम पुरिले हस्ताक्षर गर्नु भएको छ ।विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal