ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)डोटीको अध्यक्षमा प्रकाश कठायत

प्रकाश थापा,भदौ २२,डोटी ।विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) डोटीको आठौ जिल्ला सम्मेलन सम्पन्न । प्रकाश कठायतको अध्यक्षतामा १९ सदस्य जिल्ला समिति गठन ।

जसको उपाध्यक्षमा दीपक भण्डारी,सचिव टेकेन्द्र बोगटी,सहसचिव गोविन्द महरा र कोषाध्यक्ष योगेन्द्र थापा निर्वाचित भएका छन ।

उदघाटन कार्यक्रममा सम्वोद्धन गर्दै अखिल(क्रान्तिकारी)केन्द्रिय सचिवालय सदस्य तथा सेम ब्युरो संयोजक बिरेन्द्र शाहले अहिलेको शिछा प्राणाली भनेको अबैज्ञानिक र बेरोजकारी जन्माइ विदेश पलायन गराउने शिछा भएको हुदा यो दलाल व्यवस्थाको अन्त्य सँगै यो शिक्षा प्रणालीको अन्त्य गरी वैज्ञानिक शिक्षा प्रणाली लागु गर्नु पर्ने र त्योपछि मात्र समानजनक शिक्षा निति लागु हुने बताउनु भयो।

नेकपा जिल्ला सेक्रेटरी ध्रुवले अहिलेको दलाल सरकारको कारण राष्ट्रिय संकट परेको बताउनु भयो। त्यसको स्वरुप एम सि सि पारित गराउन तमतयार हुनु र भारतले जय सिंह धामीको हत्या गर्दा सम्मपनि नबोल्नु पुरै सरकार दलालीकरण भएको डटेर युवा विधार्थीले सामाना गर्नु पर्ने बताउनु भयो ।

उक्त उदघाटन कार्यक्रमा पुर्व केन्द्रिय सचिवालय सदस्य तथा जनपत्रकार संगठन नेपाल सुप प्रदेश संयोजक प्रकाश थापा,अनेरास्ववियु जिल्ला अध्यक्ष डबल बोहरा र अनेरास्ववियु(क्रान्तिकारी)जिल्ला प्रतिनिधी योगेन्द्र भट्टले शुभ कामना मन्त्व्य राखेका थिए कार्यक्रमको अध्यक्षता जिल्ला संयोजक प्रकाश कठायतले गरेका थिए ।

प्रमुख अतिथी ब्युरो संयोजक बिरेन्द्र शाह,विशिष्ट अतिथी पार्टी सेक्रेटरी ध्रुव र जनपत्रकार संगठन नेपाल सुप संयोजक प्रकाश थापा,पार्टी जिल्ला सदस्य बिद्रोहि,मोहन,कृष्ण,सुसिल,छत्र,अनेरास्ववियु अध्यक्ष डबल बोहरा र अनेरास्ववियु क्रान्तिकारी प्रतिनिधी योगेन्द्र भट्ट थिए भने संचालन दीपक भण्डारीले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal