ट्रेन्डीङ्ग

नेपाली काङ्रेसद्धारा १३ औ दिनको तिथिमा श्रद्धाञ्जली कार्यक्रम

कार्तिक १८ परासी । नेपाली कांग्रेस रामग्राम नगरकार्य समितिको आयोजनामा आज १३ औ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । कांग्रेस रामग्राम नगर कार्य समितिका सभापति नारायण रेग्मीको निधनको १३ औँ दिनको पुण्य तिथीमा आज रामग्राम नगरपालिका वडा नम्बर ३ स्थीत उहाँकै निवासमा श्रद्धाञ्जली कार्यक्रम गरीएको हो ।
नगर कार्य समितिका का.वा.सभापति श्रीधर बस्यालको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य माननीय देवेन्द्रराज कंण्डेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एव जिल्ला सहसचिव शिवशंकर प्रसाद राय, प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुवँर लगायतले स्वर्गीय रेग्मीले पार्टी संगठनमा पुर्याएको अतुलनिय योगदानका बारेमा चर्चा गर्नुभएको नगर सचिव बसन्त पराजुलीले जानकारी दिनुभयो ।
सो अवसरमा पार्टीका वडा कमिटिका सभापतिहरु, नेता, कार्यकर्ता लगायतको पनि सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal