ट्रेन्डीङ्ग

पाल्पा-बुटवल सडकखण्ड १७ गते र १८ गते २ रातबन्द हुने (सुचना सहित )

पाल्पा संवाददाता।सिद्दार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्ड दुई दिन रातिको समयमा बन्द हुने भएको छ ।

अविरल बर्षा पछी पाल्पा बुटवल सडकखण्ड अन्तरगर्त डुम्रेमा आएको पहिरो हटाउने कार्य जारी भएकोले १७ गते साझ ७ बजे देखि १८ गते बिहान ६ बजे सम्म र १८ गते साझ ७ बजे देखि १९ गते बिहान ६ बजे सम्म सिद्दार्थ राजमार्ग बन्द हुने भएको हो।

बाटो मर्मतको समयमा एम्बुलेन्स बाहेक अन्य सवारी साधन पुर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यलय पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जारी गरेको विज्ञप्ति उल्लेख गरिएको छ ।सुचना:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal