ट्रेन्डीङ्ग

वैज्ञानिक समाजवादी शिक्षा अहिलेको आवश्यकता:नेता शाह

गणेश एसके,साउन १९ कञ्चनपुर। शैक्षिक विकृति विसंगति विरुद्धको सुदुरपश्चिम विश्वविद्यालयको केन्दीय कार्यलय महेन्द्रनगरमा भएको कार्यक्रममा बोल्दै विप्लव निकट अखिल क्रान्तिकारीका सेती महाकाली ब्युरो संयोजक वीरेन्द्र शाहले वैज्ञानिक समाजवादी शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन । सो प्रदर्शन अखिल क्रान्तिकारीको केन्द्रीय निर्णय अनुसार आयोजना गरिएको थियो ।

उक्त विरोध प्रदर्शनका प्रमुख अतिथि नेता शाहले सम्बोधन गर्दै अहिलेको अवस्थामा सरकारी स्वामित्वमा रहेका स्कूल,कलेज, विश्वविद्यालय लगायतका शैक्षिक संस्था हरुमा पनि सर्वसाधारण जनताको पहुँच भन्दा बाहिर हुने कुरा ज्यादै नै विडम्बना पूर्ण रहेको बताएका छन । यो किसिमको द्वेत शिक्षा प्रणाली खारेज गरी आम नागरिकहरुको प्रतिनिधित्व गर्ने खालको वैज्ञानिक समाजवादी शिक्षा लागू गर्न अनिवार्य र अपरिहार्य बनेको उहाँको भनाई थियो । त्यसका लागि हाम्रो पार्टीले भनेको वैज्ञानिक समाजवाद स्थापना गरी समान पहुंच सहितको गुणस्तरिय शिक्षा लागू गर्ने जिकिर गर्नु भएको छ । साथै उक्त समाजवाद जनमत संग्रह मार्फत आउने बताउँदै दलाल संसदीय व्यवस्था की वैज्ञानिक समाजवाद बीचको जनमत संग्रहको लागि आम सरोकार वाला निकाय तयार रहन अपिल पनि गरेका छन ।

उक्त कार्यक्रममा सुदुरपश्चिम विश्वविद्यालय का इन्चार्ज नरेन्द्र भाट, अखिल क्रान्तिकारी का कैलाली सुबाश जोशी , कञ्चनपुर अध्यक्ष ललित एसके, बैतडी अध्यक्ष सुरेन्द्र धानुक लगायत अन्य थुप्रै नेताकार्यकर्ता विद्यार्थीहरूको उत्साह पूर्ण सहभागिता रहेको थियो भने सो कार्यक्रम सुप विश्वविद्यालयका संयोजकले सञ्चालन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?