
लोक सांगीतिक क्षेत्र यतिबेला फराकिलो बन्दै गएको छ। लोक दोहोरीको फाटले अधिकतम उचाइ लिइरहेको छ। यतिबेला सुमन ढकालको लय सृजनामा “अन्त नजर लाउन पाइदैन” बोलको गीत विश्वभर बजारमा छ।
गीतमा केशव न्यौपाने शब्द छ भने खुमन अधिकारी र कल्पना विष्टको स्वर छ। ढकालको फुल रसैको, छाता बर्खे झरीमा,दिदि भाइ जस्ता गीत चर्चमा छन्। यस गीत पनि निकै दमदार बनेको दर्शक श्रोताले आकलन गरेका छन्। सांगीतिक क्षेत्रका अर्का बलवान गायक हुन् खुमन अधिकारी। सांगितिक चौरमा उनका लोकदोहोरी गीत निकै चर्चित छन्। भिडियो तर्फ हिरा थापा मगर र विनोद जगमेरको अभिनय रहेको छ। विष्णु बेलवासेको निर्देशन रहेको भिडियोलाइ सुनिल विश्वकर्माले छायाँकन सम्पादन तथा भिडियोलाइ कलर गरेका हुन्।
भैरव फ्लिम्स नेपालबाट पुरा भिडियो बजारमा आएको देख्न सकिन्छ।
पुरा भिडियोः











