
बडेरा।सुनवल नगरपालिका-१३ सुर्यबस्तीमा सृजनशील जागृति आमा समूहले स्थापना दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम गरेको छ।आमा समूहकी अध्यक्ष लक्ष्मीदेवी ढकालको अध्यक्षतामा संस्थापक सदस्य लोकमाया ढकाल प्रमुख आतिथ्यतामा वातावरण संरक्षण, हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपण गरिएको जनाएको छ।
आमा समूहले विगतदेखिनै विभिन्न सामाजिक सचेतनामूलक सञ्चालन गर्दै आएको सस्थाकी अध्यक्ष लक्ष्मी देवी ढकालले बताइन।
आमा समुहको कार्यालय परिसरमा विभिन्न प्रजातिका फलफूल तथा छायादार बिरुवा रोपिएको थियो।
स्थानीयवासी, आमा समूहका सदस्यहरू तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सक्रिय सहभागितामा वृक्षारोपण गरिएको सस्थाकी सचिव तुलसा बस्याल न्यौपानेले जानकारी दिइन्।
स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउनु सकारात्मक पक्ष भएको भन्दै सहभागीहरूले रोपिएका बिरुवाको संरक्षणमा समेत ध्यान दिनुपर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।आमा समूहले आगामी दिनमा महिला सशक्तीकरण, स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।











