ट्रेन्डीङ्ग

“तिम्रो त यो दुनिया छ” हिट भएपछि दिपक पोख्रेलको सांगीतीक यात्रा(भिडियो सहित)

लोक संगीत क्षेत्रका एक सर्जक हुन् दिपक पोख्रेल । लोक दोहोरी सांगितिक फाटमा धेरै गीतहरु कोरिसकेका छन्। बुवा तिर्थ पोख्रेलको कोखबाट जन्म लिएका पोख्रेलको घर पाल्पा जिल्लाको रम्बा गाउपालिका बाट यात्रा तय भएको थियो।

२०८० साल बाट गीत संगीतको पाइला चालेका दिपक पोख्रेलको तिम्रो त यो दुनिया छ बजारमा चर्चित छ जसमा खेम सेन्चुरीको आवाज सजिएको छ।

यो दौरानमा यति मिठो शब्द लय गरेर दर्शकलाइ रुवाइदिन्छन् दिपक। शब्दले हरेक पाटोमा रुवाइरहेको छ। दुख मेहनेतका साथ खुड्किलो चड्दै सांगीतिक बाटोमा हिडेर सफल हुदैछन् पोख्रेल। पछ्यौरीले जाडो छेक्छर बोल को पहिलो गीत बाट उनको करियर अगाडी बढेको हो।

धेरै संघर्ष साथ गीत संगीतको माहोल बाट सपना बुनेर पोख्रेल उडानमा छन्।पछिल्लो गीत यतिबेला उनकै लय तथा शब्द सृजनामा पिरमा हुन्छु बोलको गीत सार्वजनिक भएको छ। गीतलाइ गायिका सरिता सुनार र गायक योगेश पनले स्वर दिएका छन्। गीतको शब्दले दर्शकको मन छोएको आकलन गरिएको छ। माया प्रितिका कुरा गासिएको गीतको भाका नि निकै मजबुद बनेको छ।

गीतको संगीत संयोजन अनमोल बस्नेतले गरेका हुन्। गीतको पुरा अडियो स्टुडियो मालाश्री बाट रेकर्ड गरिएको हो। भिडियो तर्फ आयुश्मा कार्की र आर्यान खनाल अभिनयमा जोडिएका छन्। प्रविन थापाले कथा निर्देशन गरेको गीतलाइ अमृत चापागाइले सम्पादन कलर गरेका हुन्। पुरा भिडियो योगेश पनको युटुव च्यानलाट विश्वभर सार्वजनिक भएको छ।
पुरा भिडियो सहितः

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal