ट्रेन्डीङ्ग

रास्वपा नवलपरासीका जिल्ला सभापति कांग्रेस प्रवेश

परासी।राष्ट्रिय स्वतन्त्र पार्टी नवलपरासीका जिल्ला सभापति महेन्द्र सेन ठकुरी नेपाली कांग्रेस प्रवेश गरेका छन।

रास्वपाका जिल्ला सभापति ठकुरी पार्टीभित्रको आन्तरिक असन्तुष्टिका बीच नेपाली कांग्रेसमा प्रवेश गरेका छन।

बर्दघाट -१२ चौपत्तामा भएको प्रतिनिधि सभा क्षेत्र नं. १ को क्षेत्रीय सभा कार्यक्रममा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको हातबाट टीका लगाएर उनले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन।

रास्वपाबाट बिक्रम खनालले टिकट पाएपछि सेन असन्तुष्ट बनेका थिए।२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका सेनले १२ हजारभन्दा बढी मत प्राप्त गरेका थिए।खनाल लुम्बिनी प्रदेश कांग्रेस महामन्त्री त्यागेर रास्वपाको उम्मेदवार बनेका हुन्।केहि दिन अगाडि मात्र महेन्द्र का दाइ समेत रहेका रास्वपा सुस्ता उपसभापति गुप्त सेन ठकुरीले पार्टी परित्याग गरेका थिए।

उनको कांग्रेस प्रवेशसँगै जिल्लाको राजनीतिक समीकरणमा नयाँ बहस सुरु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal