ट्रेन्डीङ्ग

जनता सम्झौता साकोसको अर्धवार्षिक समीक्षा सम्पन्न, विभिन्न विद्याका उत्कृष्टलाई सम्मान

सुनवल।जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लिमिटेड,सुनवल-१२ भूमहीको आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक कार्यसमिक्षा बैठक बुधबार संस्थाको कार्यालय सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रममा संस्थाका विभिन्न समिति तथा उपसमितिहरूबाट अर्धवार्षिक प्रगति प्रतिवेदन छलफल गर्दै संस्थाको चार वर्षे रणनीतिक कार्ययोजना अनुरूप पछिल्लो ६ महिनामा भएका उपलब्धि,चुनौती र आगामी कार्यदिशाबारे समीक्षा गरिएको बताइएको छ।

समीक्षाका क्रममा संस्थाले सदस्य विस्तार,वित्तीय अनुशासन तथा सेवा प्रवाहका क्षेत्रमा सकारात्मक प्रगति हासिल गरेको उल्लेख गरिएको छ।संस्थालाई अझ प्रभावकारी,पारदर्शी र सदस्य केन्द्रित बनाउँदै लैजान सुझावहरू संकलन गरिएको बताइएको छ।

सोही अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने सञ्चालक,उत्कृष्ट उपसमिति,सबैभन्दा धेरै शेयर सदस्य वृद्धि गराउने सदस्य तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको संस्थाकि उपाध्यक्ष देवकला खनालले बताइन।

कार्यक्रमको समापन गर्दै अध्यक्ष डोलराज भण्डारीले सहकारीको दिगो विकासका लागि सबै पदाधिकारी,कर्मचारी तथा सदस्यहरूको समन्वय र प्रतिबद्धता आवश्यक रहेको बताए।

अध्यक्ष भण्डारीले आगामी दिनमा संस्थालाई प्रविधिमैत्री र सुशासनयुक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

बैठकमा संस्थाका सल्लाहकार भविश्वर पराजुली,प्रेस सल्लाहकार प्रदीप पाठक,संस्थाका पदाधिकारी, लेखा समिती संयोजक, विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरू र कर्मचारीहरूको उपस्थि रहेको सस्थाकी सचिव उमाकला रेग्मीले जानकारी दिइन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal