ट्रेन्डीङ्ग

राप्रपाले टुङ्गो लगायो पश्चिम नवलपरासीका उम्मेदवार

परासी।पश्चिम नवलपरासीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ ।

पार्टीले क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य २९ वर्षीय नवनितकुमार मिश्रलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर २ मा पार्टी उपाध्यक्ष धुव्रबहादुर प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

क्षेत्र नम्बर २ बाट गत प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रधान विजयी भएका थिए।

युवा वर्गको प्रतिनिधित्व र युवालाई राजनीतिमा अवसर दिनुपर्ने मान्यता अनुसार मिश्रलाई पार्टीले उम्मेदवार बनाएको राप्रपा लुम्बिनी प्रदेश उपाध्यक्ष मनोहरजङ्ग रायमाझीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?