
जनकपुर।जनकपुरधाममा जारी नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनबाट रामेछापका जीवन कार्की २०२६ कार्यकालका लागि राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन।
चारजना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा कार्कीले आफ्ना तीन प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्ष पदमा विजयी भएका हुन।मत परिणाम अनुसार कार्कीले ५१२ मत प्राप्त गरे उनका निकटतम प्रतिस्पर्धी विजय गुरुङले ४६२ मत, रश्मी शिल्पाकारले १४७ मत र राजाराम गौतमले ८३ मत प्राप्त गरे।
अघिल्लो निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका कार्की दोस्रो प्रयासमा नेपाल जेसिजको नेतृत्व सम्हाल्न सफल भएका छन्।











