
परासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका – ३ मा एकता अन्तर धार्मिक शान्ति सञ्जालको प्रथम साधारणसभा तथा पहिलो अधिवेशनबाट नयाँ कार्यसमिति गठन गरिएको छ।पाल्हिनन्दनमा सम्पन्न अधिवेशनले श्रीकान्त मिश्रको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा तोफिक धुनिया र देवकर दास पटेल, कोषाध्यक्षमा निर्मला शाह, सचिवमा सद्दे आलम कुर्मी र सह-सचिवमा रविन्द हरिजन चयन भएका छन। त्यसैगरी सदस्यहरूमा क्रमश:चन्द्रमान मल्लाह, गंगोती पाण्डे, सम्शुदिन मियाँ, उषा प्रसाद हरिजन, जलखा खातुन, रामलखन यादव, रुकसाना नेसा, मोहम्मद हसन शेख र उपा हरिजन रहेका छन।
अधिवेशनमा पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता रहनुभएको थियो भने वडा नं. ३ का अध्यक्ष गोधन प्रसाद हरिजन दयाशंकर त्रिपाठी र सुनवल सामुदायिक विकास केन्द्रका परियोजना संयोजक कृष्ण पाण्डेलगायतले अन्तरधार्मिक सद्भाव, सहअस्तित्व र सामाजिक शान्तिको आवश्यकतारहेको बताए।
नवगठित समितिले पाल्हिनन्दन क्षेत्रलाई केन्द्रमा राख्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छ्न।











