ट्रेन्डीङ्ग

नेपाली लोक लयमा विवाह गीत “नयाँ घरमा”…

नेपाली लोक विवाह गीत “नयाँ घरमा” बजारमा छ। गीत वैवाहिक संस्कृती झल्काउने परिवारको रंगमन्चमा अडिने संगै जिन्दगीको नयाँ आयामले प्रस्तुत गरिएको छ। श्रिधर अधिकारी र देवि घर्तिले गीतमा स्वर दिएका छन्।

राजन अधिकारीले लय गरेको गीतलाइ सुष्मा सापकोटाले शब्द गरेकी हुन्। गीत वान डिभि रेकर्डिडं स्टुडियो बाट रेकर्ड भएको हो जुन एच विन किस्नतको संगीत संयोजन र मिक्सीडं रहेको छ। बडा दशैंको आसपासमा खिचिएको रंगीन भिडियोमा मुकु शुबेदी र सुष्मा सापकोटाको अभिनय रहेको यो वैवाहिक रियल जोडि हो।

भिडियोको छायाँकन सुरज घिमिरे सेन,सागर महत ,समिप चौधरी र बिपिन ज्ञवालीले गरेका हुन् भने निर्देशन मुकु शुवेदीको रहेको छ। सम्पादन कलर ८८ सुरज घिमिरे बाट भिडियो सम्पन्न भएको छ। गीतको सवै निर्माण शुभ इभेन्ट्सले गरेको हो।
पुरा भिडियोः

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?