
भदौः७,काठमाण्डौ।
लोकप्रिय गायक संगीतकार युश्कल छिनालको “जिउदै फर्केउ है” बोलको गीत सार्वजनिक भएको छ। गीतलाइ आश्मा कंडेलको शब्द रचना रहेको छ। युश्कल छिनाल शर्मिला गुरुडं निशा केसी आश्मा कंडेल आना सुनाम को गीतमा स्वर रहेको छ। जिउदै फर्केउ है नाम गीत हरेक शब्दले दर्शकको मन घोचिरहेको छ।
बेदना,पिडा बोकी लाखौ मानिस तड्पिरहेका हुन्छन् जस्को मनमा बस्न सकिरहेका हुदैनन् तिनै कथा वस्तुको प्रयोग गीतमा गरिएको छ । माया प्रेमको बाडीमा डुब्दै हर बखत घाउ बनि जलिरहेका हुन्छन् मानिस।कता के भनौ गाउको बचन बाउको वचनले हार खाइरहेको त्यो एक्लो पनको भावलाइ समेटिएको कथा हो “जिउदै फर्केउ है” जसले जिउदै फर्काएर यो संसारमा रहने वचन दिइरहेको छ। हरेको दुख कष्ट झेल्दै पिडादायिक मन पोलिरहदाको शब्दले सुनाइरहेको छ।
यो धर्तीमा स्वार्थ बोकेर हिडेका धेरै हुन्छन् बाहिर हसाए पछि भित्र पाप गरिरहेका हुन्छन् त्यो बोल्न सकिदैन तिनै कुराले छुरा हानिरहेको छ। आफु खुसि हुन चाहे जस्तो सुकै कदम चाल्न सक्छन् मान्छे। यिनै विषयलाइ लिई रुवाउदै बनेको गीत हो यो। भिडियोमा आश्मा कंडेल युश्कल छिनाल दिपा माधव धेरै कलाकारको अभिनय देख्न सकिन्छ।
दिपक कंडेलको निर्देशनमा विशाल परियारले छायाँकन गरेका हुन्। अनिल विष्ट प्युठानिको सम्पादन/कलर रहेको भिडियो आश्मा कंडेलको युटुववाट विश्वभर सार्वजनिक भएको छः
पुरा भिडियोः