ट्रेन्डीङ्ग

घिउडल्लामा तीज मिलन कार्यक्रम, विद्यार्थी र ज्येष्ठ नागरिकलाई सम्मान

सुनवल।दलित उत्थान समिति, सुनवल-१३ घिउडल्लाले तीज मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।तिज मिलन कार्यक्रममा विभिन्न तहमा ४ जीपीए ल्याएर उत्तीर्ण भएका विद्यार्थीलाई साथै ६० वर्ष माथिका बृद्दबृदालाई सम्मान गरिएको समितिले जनाएको छ।

 

समिति अध्यक्ष सिता पटेलको अध्यक्षतामा तथा सुनवल नगरपालिका–१३ का वडा अध्यक्ष एवम् नगरप्रवक्ता कृष्णप्रसाद बगालेको प्रमुख आतिथ्यातामा सम्पन्न कार्यक्रममा बडेरा सामुदायिक वनका अध्यक्ष मदन पन्त लगायत महिला दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

कार्यक्रम स्वागत मन्तव्य उपाध्यक्ष सुशिला सुनारले र स्वागत नृत्य अस्मिता सुनारले प्रस्तुत गरेकी थिइन।भने कार्यक्रम संस्थाकी सचिव सम्झना सुनारको संचालनमा भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?