ट्रेन्डीङ्ग

भुमहीमा सरसफाइ तथा डेगु नियन्त्रण अभिमुखीकरण

भुमही।नवलपरासी पश्चिमको सुनवल-१२ भुमहीस्थित रामनगर बजार विकास संस्थाको आयोजनामा सरसफाइ तथा जोखिम न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

 

इन्द्रेणी सामाजिक विकास मञ्च र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा सञ्चालित ‘प्रेरणा परियोजना’को आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना एव सुनवल नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा डेगु रोग सम्बन्धी खोज तथा नष्ट गर्ने अभियानबारे सचेतना प्रदान गरिएको थियो।

 

कार्यक्रमको अध्यक्षता रामनगर बजार विकास संस्थाका अध्यक्ष युबराज भुषालको अध्यक्षता तथा सुनवल-१२ का वडा अध्यक्ष चुरामणि पौडेलको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रको सञ्चालन इन्द्रेणी सामाजिक विकास मञ्चका फिल्ड सुपरभाइजर बसन्त सापकोटाले र स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत चुरामणि नेपालले कार्यक्रमको सहजीकरण गरेका थिए।

 

वडा अध्यक्ष पौडेलले इन्द्रेणी सामाजिक विकास मञ्चले सुनवल नगरपालिकामा उल्लेखनीय कार्य गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर हुने अपेक्षा व्यक्त गरेका थिए।

 

कार्यक्रमपछि बजार विकास समिति, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानीय समुदायको संयुक्त सहभागितामा “खोज तथा नष्ट गर” अभियान सञ्चालन गर्ने निर्णय गरिएको अध्यक्ष भुषालले बताए।

 

कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, बजार प्रतिनिधि, समाजसेवी र सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको संस्थाका सहसचिव कृष्ण क्षेत्री नेपाली मान्छेले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal