ट्रेन्डीङ्ग

जिसन नवलपरासीले २३औं स्थापना दिवस मनायो

परासी।निजी विद्यालयहरूको छाता संगठन शैक्षिक ऐक्यबद्धताको समूह नेपाल (जिसन) नवलपरासीले २३ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ।दिवसको अवसरमा आयोजित अन्तक्रिर्या कार्यक्रममा शैक्षिक सरोकारवालाहरूले प्रविधिमैत्री र गुणस्तरीय शिक्षाको प्रतिस्पर्धा आवश्यक रहेको बताउँदै सरकारी र निजी विद्यालयबीच हुने विभेद अन्त्य गर्दै समान नीति र नियम लागू गर्नुपर्नेमा जोड दिए।



कार्यक्रममा सुनवल नगर प्रमुख विमला अर्यालले निजी विद्यालयहरूले शिक्षालाई गतिशील बनाउदै व्यवसायिकताको सट्टा गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने धारणा राखिन।


जिल्ला अध्यक्ष थमन शेरचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखा प्रमुख, सल्लाहकार, पुस्तक व्यवसायी, पत्रकार संघका प्रतिनिधि लगायतका वक्ताहरूले नीति कार्यान्वयनमा एकरूपता र प्रभावकारिता ल्याउन सरकारलाई आग्रह गरे।



कार्यक्रममा एसईई परीक्षामा छात्रतर्फ ३.९६ जीपीए प्राप्त गर्ने वसन्त ढकाल सुनवल युनाइटेड स्कुल र छात्रातर्फ ३.८७ जीपीए प्राप्त गर्ने रश्मी ओेली सोमनाथ स्कुललाई सम्मान गरिएको जिल्ला सचिव बलिराम यादव बताए।हाल जिसनमा ३४ वटा विद्यालय आबद्ध छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal