
सुनवल।सुनवल-७ स्थित अस्नैया आदर्श क्याम्पसको दोस्रो क्याम्पस सभा सोमबार भव्य रूपमा सम्पन्न भएको छ।क्याम्पसका अध्यक्ष नारायण प्रसाद भुसालको अध्यक्षता र प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री ध्रुव बहादुर प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि प्रधानले शिक्षालाई दीगो विकासको आधारको रूपमा उल्लेख गर्दै ग्रामीण बस्तीका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच दिलाउन सबै पक्षको सक्रिय सहकार्य अपरिहार्य भएकोमा जोड दिए।
सभामा क्याम्पस अध्यक्ष तथा प्रमुखद्वारा प्रतिवेदन प्रस्तुत गर्दै ग्रामीण क्षेत्रमा उच्च शिक्षा अभिवृद्धिमा क्याम्पसको भूमिका र योगदानको समीक्षा गरिएको क्याम्पस प्रमुख खड्ग रानाले जानकारी दिए।
विश्वनाथ यादवको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक र स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।
सहभागीहरूले क्याम्पसको भौतिक पूर्वाधार विकास र शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।