ट्रेन्डीङ्ग

मेड नेपालद्धारा अतिबिपन्न मुसहर समुदाय घरलाई सोलार लाईट जडान

सुस्ता।गैरसरकारी संस्था मेड नेपाल चितवनद्धारा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अन्तर्गतमा रहेको अतिबिपन्न मुसहर समुदाय घरपरिवार मध्ये १२ घरधुरीलाई ३ वटा बल्ब सहित सोलार लाइट जडान भएको छ।

जडान भएको सोलार लाइट सुस्ता गाउँपालिकाको वडा न.१ मा रहेको बनदेबी टोल,वडा न.२ को महलबारी टोल,वडा न.४ को पश्चिम टाडी र सुस्ता गाउँपालिकाको वडा न.५ पकलिहवा स्थित सकरदिन्ही टोल गरि अतिबिपन्न मुसहर समुदायको १२ घरधुरीमा ३ वटा बल्ब सहित सोलार लाइट जडान गरिएको हो ।

अतिबिपन्न मुसहर समुदायका बालबालिकाहरुको पठनपाठनमा अभिबृद्धि गर्ने र गृहणीहरुको घरायसी काम काजमा सहयोग गर्ने उद्धेश्यले सोलार लाइट जडान गरिएको मेड नेपालका कार्यक्रम अधिकृत भरत आचार्यले बताएका छन ।

यसै गरि मेड नेपालको सहयोग र अन्तरदेशीय नागरिक मञ्चको आयोजनामा पश्चिम टाडीमा बाढीमा आधारित कृत्रिम अभ्यास कार्यक्रम आईतबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा बिभिन्न कार्य दलहरुले बाढी सम्बन्धि कृत्रिम अभ्यास गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?