ट्रेन्डीङ्ग

सुमन,मिनप्रकाश र नविना खुइलीको”मायाका डल्ला”बजारमा

गायक मिनप्रकाश ओली र गायिका नविना सिलुवालको स्वरमा नयाँ तीज गीत ‘मायाका डल्ला’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। सो गीत जानकी म्युजिकको आधिकारिक युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो।

सुमन ढकाल र मिन प्रकाश ओलीको शब्द रहेको गीतमा गायक ओलीकै संगीत रहेको छ । भिडियोमा सन्चिता बोलाखे बावुराम सुनार भुपेन्द्र डागी र रितु वस्नेतको अभिनय रहेको छ।म्युजिक भिडियोको निर्देशन मुकेश नेपालीले गरेका हुन् । दिपक गिरीको छायाँकन रहेको भिडियोमा मिन रावल को सम्पादन रहेको छ।

गीतले आफ्ना प्रेमीप्रति गहिरो माया र आत्मीय भावना प्रस्तुत गरेको दाबी गायक ओलीले गरेका छन्। साथै लिप्त शब्दहरु बनि वल्ला र पल्ला भनि माया दिएको सर्जक बताउछन।पछिल्ला समय दर्शकले अलि मनोरन्जनात्कको रुपमा गीतलाइ नियालिरहेका छन। https://www.youtube.com/watch?v=M_BfJ9hpcuQ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?