
सुनवल।लोकेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सुनवल ७, ८को आयोजनामा बिहीवार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । संस्थाको ९औं स्थापना दिवसको अवसर पारेर सरसफाई कार्यक्रम गरिएको हो ।
कार्यक्रम अन्तर्गत ज्यामिरे चोक, वडा कार्यालय परिषर, खानेपानी कार्यालय परिषर, लोकेश्वर वैरागनाथ मन्दिर, सिसानी दुर्गा मन्दिर, देवदह ताल, प्रगति टोल लगाएत स्थानमा सरसफाई गरिने संस्थाका अध्यक्ष गुप्तबहादुर केसीले जानकारी दिए ।
‘यहि जेठ १२ गते परेको संस्थाको स्थापना दिवसलाई विभिन्न कार्यक्रम सहित मनाउने क्रममा सरसफाई कार्यक्रम आयोजना गरिएको हो ।’ अध्यक्ष केसीले भने, ‘उपभोक्ता क्षेत्र (वडा नं ७ र ८ का विभिन्न स्थानमा सरसफाई कार्यक्रम गर्ने निर्णय भए बमोजिम जेठ ११ गते सम्म सरसफाई कार्यक्रम जारी रहन्छ ।’
सुनवल नगरपालिका वडा नं ७ का अध्यक्ष नारायण आचार्यको विशेष उपस्थितिमा भएको सरसफाई कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी, अस्थाई प्रहरी चौकी ज्यामिरेका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो ।
संस्थाले स्थापना दिवसको दिन जेठ १२ गते विहान ८ बजे वृहत् रक्तदान कार्यक्रम गर्ने र सोहि दिन सरसफाईका निम्ति ३० थान डस्टविन समेत वितरण गर्ने कोषाध्यक्ष सुमन पाण्डेले जानकारी दिए । सोहि दिन संस्थाले शुभकामना आदानप्रदान कार्यक्रम समेत आयोजना गरेको कोषाध्यक्ष पाण्डेले बताए । उक्त कार्यक्रममा खानेपनी तथा सरसफाई कार्यालय नवलपरासीका प्रमुख प्रकाश न्यौपाने प्रमुख अतिथिको रुपमा उपस्थित हुने संस्थाले जनाएको छ ।