ट्रेन्डीङ्ग

बुटवल कालिका क्याम्पसमा १ सय ४० पोइन्ट रगत सङ्कलन

बुटवल।बुटवल कालिका क्याम्पसको स्टुडेन्ट क्वालिटी सर्कलले आकस्मिक रक्तदान कार्यक्रम गरेको छ। रगत अभावको अवस्थालाई मध्यनजर गर्दै आकस्मिक रक्तदान कार्यक्रम क्याम्पसमै आयोजना गरेको स्टुडेन्ट क्वालिटी सर्कलका अध्यक्ष अनिता भुसालले जानकारी दिइन् । आकस्मिक रक्तदानबाट १ सय ४० पोइन्ट रगत सङ्कलन भएको छ।


आकस्मिक रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल कालिका क्याम्पसका अध्यक्ष होमबहादुर गलामीले मानव सेवाको सर्वोत्कृष्ट काम स्टुडेन्ट क्वालिटी सर्कलले गरेको भन्दै प्रशंसा गरेका थिए । हालसालै निर्वाचित स्टुडेन्ट क्वालिटी सर्कलले आफ्नो रगत दिएर अरुको ज्यान बचाउने सिर्जनात्मक कार्यको सुरुवात गरेको भन्दै क्याम्पस प्रमुख घनश्याम पाठकले आगामी दिनमा अझै सशक्त तरिकाले रचनात्मक र सिर्जनात्मक कामहरुलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको आकस्मिक रक्तदान कार्यक्रममा सहायक क्याम्पस प्रमुख महेश पाण्डे, बि बि एस संयोजक बुद्धिराम चौधरी लगायत प्राध्यापकहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?