ट्रेन्डीङ्ग

रामग्राम पुर्णसंस्थागत प्रसुति सेवायुक्त सुनिश्चित भएको घोषणा

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका लुम्बिनी प्रदेशको पहिलो पुर्ण संस्थागत प्रसुती सेवायुक्त सुनिश्चितता नगरपालिका घोषणा भएको छ ।सरकारले जारी गरेको पुर्ण संस्थागत सेवा युक्त स्थानिय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धि मापदण्ड पुरा गरेको आधारमा पुर्ण संस्थागत प्रसुती सेवायुक्त सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।

सरकारले तोकेको मापदण्ड अनुसार ९०% महिलाले कम्तिमा ४ पटकसम्म गर्भ चेकजाच गराएको, ९५% सुत्केरीले दक्ष प्रसुतीक्रमीद्वारा स्वास्थ्य संस्थामा नै गई गर्भ जाच गराएका र घरमा हुने प्रसुतीलाई। शुन्य सुनिश्चितता भएपछि जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितीले घोषणाका लागी अनुमती दिने ब्यवस्था रहेको छ । प्रजनन स्वास्थ्य समन्वय समिती एवमं जिल्ला समन्वय समितीका प्रमुख भगौती यादव (रुदल)ले सम्पुर्ण मापदण्ड पुरा गरेको आधारमा रामग्रामलाई पुर्ण संस्थागत प्रसुती सेवायुक्त सुनिश्चित नगरपालिका घोषणा गर्नुभएको हो ।यसअघि लुम्बिनी प्रदेशका दुई वटा गाउपालिका पुर्ण संस्थागत प्रसुती सेवायुक्त सुनिश्चितता पालिका घोषणा भैसकेका छन् ।

रामग्राममा चालु आर्थिक बर्षमा १ हजार २२ जना सुत्केरीमध्य १२ जना अस्पताल लैजाने क्रममा र बाकी सबै अस्पतालमा सुत्केरी भएका छन् ।नगरपालिकाले मातृशिशु कार्यक्रमलाई प्रभावकारी बनाउन गर्भवती महिलाहरुका लागी निशुल्क एम्बुलेन्सको ब्यवस्था गरेको छ ।यस्तै गर्भवती तथा सुत्केरीलाई पोषण तत्व वितरण, ग्रामिण भेगमा निशुल्क भिडियो एक्सरेलगायत सेवा दिदै आएको नगरप्रमुख धनपत यादवले बताउनुभयो ।

यसैबिच रामग्राम नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा पनि गरिएको छ । नगरपालिकाका भित्रका १८ वटै वडामा घरधुरी सर्वेक्षण तथा खोज अभियान अन्तर्गत १६ महिनादेखि ५९ महिनासम्मका  ३ हजार २ सय ५० जना बालबालिकाहरुले पुर्ण खोप पाएको हुनुपर्नेमा छुटेका २६ जनालाई पत्ता लगाएर खोप लगाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?