ट्रेन्डीङ्ग

बर्तमान संकटको हल संसदीय व्यवस्थाले गर्दैन: सुदर्शन

परासी ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिती सदस्य हेमन्त प्रकाश वली सुदर्शनले बर्तमान राजनीति संकटको हल संसदीय व्यवस्थाले नहुने बताए । वलीले यो संकट जन बिद्रोहमार्फत जन गणतन्त्र स्थापना गर्ने दाबी गरेका छन ।

शनिबार परासीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले संसदीय ब्यवस्थाले बर्तमान राजनैतिक संकटको हल गर्न नसक्ने बताए।

अहिले पुराना शक्तिहरु सल्बलाएका छन, यथास्थितिवादी शक्तिहरुले यसको हल गर्न सक्दैनन यसको निकास जन संघर्ष, जन प्रतिरोध र जन बिद्रोह मात्र हुन्छ उनले उल्लेख गरे।

वली उक्त पार्टीद्धारा सञ्चालन भइरहेको जन सम्बन्ध विस्तार अभियानको ४ नम्बर टोलीको नेतृत्व गर्दै नवलपरासी आएका हुन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal