ट्रेन्डीङ्ग

रामग्रामको पण्डितपुरमा उत्खनन् सुरु

परासी।पश्चिम नवलपरासीको रामग्राम-१८ स्थित ऐतिहासिक तथा पुरातात्त्विक स्थल पण्डितपुरमा पुरातत्त्व विभागले उत्खनन सुरु गरेको छ।शनिबार एक कार्यक्रमका बीच उत्खनन सुरु गरिएको हो।

यश अघि भू-भौतिक सर्वेक्षण (जिओफिजिक्स सर्वे) मा बुद्धकालीन प्राचीन सहरको संरचना भेटिएको स्थानमा उत्खनन सुरु गरिएको हो।

पण्डितपुरमा यस अधि उत्खनन गर्दा भेटिएका पुरातत्त्व बस्तुको वैज्ञानिक परीक्षणमा छैटो शताब्दीका संरचना भेटिएकाले विस्तृत रूपमा पुनःउत्खनन सुरु गरिएको र त्यसका लागि आवश्यक बजेट संघ,प्रदेश र स्थानीय सरकारले पनि विनियोजन गरेको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए।

संघीय सांसद ध्रुवबहादुर प्रधान, प्रदेश सांसदहरू खड्ग बस्नेत,वैजनाथ कलवार लगायत जनप्रतिनिधिले उत्खननलाई निरन्तरता दिएर यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास र प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

पण्डितपुरलाई कोलीय गणराज्यको राजधानीका साथै बुद्धको मावली स्थलका रूपमा दाबी गरिंदै आएको छ।२०६८ देखि २०७२ सालसम्म पुरातत्त्व विभागले परम्परागत प्रविधिको सहायताले गरेको उत्खननका क्रममा यस क्षेत्रमा आठौं शताब्दीका भाँडा, इनार र इँटा भेटिएको थियो।

यसअघि भू-भौतिक सर्वेक्षण (जिओफिजिक्स सर्वे)मा बुद्धकालीन प्राचीन सहरको संरचना भेटिएको स्थानमा उत्खनन सुरु गरिएको हो।

पण्डितपुरको दक्षिण पश्चिम क्षेत्रमा गरिएको भू-भौतिक सर्वेक्षणका क्रममा जमिनमुनि गोलाकार आकारमा रहेको संरचना फेला परेको क्षेत्रमा उत्खनन सुरु गरिएको पुरातत्त्व विभागका वरिष्ठ पुरातत्त्व अधिकृत भास्कर ज्ञवालीले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?