ट्रेन्डीङ्ग

सुस्ता घटना:हजुरबुवा र नातीको हत्या गर्ने दुई जना पक्राउ

परासी।पश्चिम नवलपरासीको सुस्ता गाउंपालिका ३ मर्चहवामा हजुरबुवा र नातीको हत्यामा सम्लग्न दुई युवालाई प्रहरीले सार्वजनिक गरेको छ।
हत्या भएको ३२ दिनपछि प्रहरीले हत्यामा सम्लग्न भएको आरोपमा स्थानीय २९ वर्षीय अजय धरिकार र २० वर्षका चन्दन हरिजनलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

आईतबार जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले पत्रकार सम्मेलन गरेर फागुन १ गते ६५ वर्षका यक्षलाल चमार र ११ वर्षको गौचरण चमारको धारिलो हतियार प्रयोग गरेर हत्या गरेको आरेपमा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक काजि कुमार आचार्यले बताए।

दोस्रो पक्षसंग भएको झैझगडाको रिसीबीको कारण तेस्रो पक्षका हजुरबुवा र नातीको हत्या गरेको खुल्न आएको छ ।

शनिवार पक्राउ परेका दुबैजनालाई ७ दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?