ट्रेन्डीङ्ग

बडेरामा मावी स्तरीय वक्तृत्वकला प्रतियोगितामा सम्पन्न

सुनवल । सुनवल नगरपालिकामा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । वडा बाल सञ्जाल सुनवल १३ को आयोजनामा वि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

वक्तृत्वकला प्रतियोगितामा महाकवी देवकोटा नमुना माविकि अपेक्षा ढकाल प्रथम भएकी छन । रामनगर एकेडेमी भुमहीकि आयुशा खरेल दोस्रो हुँदा द पाइनियर बोर्डिङ स्कुलकि दिपशिखा रिजाल तेस्रो र धान्यान्चल मावीका रविन अधिकारी सान्त्वना भएको वडा बाल संजालका उपाध्यक्ष रक्षा सापकोटाले जानकारी दिइन। उत्कृष्ट विद्यार्थीलाई शिल्ड मेडल प्रमाणपत्रले सम्मान गरिएको थियोे ।

लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बाल बालिकामा लगानीको एक्यवद्धता विषयक वक्तृत्वकला प्रतियोगितामा सुनवल नगरका निजि तथा सामुदायिक गरि ६ विद्यालयको सहभागी रहेको वडा बाल संजालका सचीव रमित अधिकारीले जानकारी दिए।

बाल सञ्जाल अध्यक्ष विशेष बस्यालको अध्यक्षता तथा वडा नं १३ का वडा अध्यक्ष कृष्णप्रसाद बगालेको प्रमुख आतिथ्यता भएको कार्यक्रममा धान्याचाल मावि विव्यस अध्यक्ष सूर्यप्रसाद न्यौपाने ,बाल सहजकर्ता सकुन्तला लामिछाने लगायतको उपस्थिति सम्पन्न कार्यक्रममा डा.श्याम प्र.न्यौपाने,डा.घनश्याम न्यौपाने र कृष्ण पाण्डेय निर्णायक रहेको संजालकी सहसचिव उमा न्यौपानेले जानकारी दिइन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal