ट्रेन्डीङ्ग

सिद्दार्थ शिशु सदनमा खेलकुद सप्ताह सुरु

सुनवल । सिद्दार्थ शिशुसदन सेकेन्डरि इङ्लिश बोर्डिङ स्कुल सुनवल ४ मा खेलकुद सप्ताह सुरु गरेको छ । माघ १७ गतेदेखी १९ गतेसम्म सन्चालन हुने खेल सप्ताहमा विद्यार्थीहरुलाई विभिन्न खेलहरु खेलाइने विद्यालयका प्राचार्य पदम ठकुरीले जानकारी दिए । आगामी बर्ष हुने चौथो राष्ट्रपती रनिङ सिल्डको तयारिका स्वरुप प्रशिक्षण गराउन लागेको प्राचार्य ठकुरीले बताए ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष थमन पुनको अध्यक्षता तथा सुनवल नगरपालिका वार्ड न ४ का वडाअध्यक्ष बालकृष्ण पङ्गेनिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बोल्दैले पंगेनिले विद्यार्थीमा पढाईमा मात्र नभैइ अतिरिक्त क्रियाकलापमा समेत सक्षम हुन जरुरी रहेको बताए । वडा अध्यक्ष पंगेनिले खेलकुद सप्ताहले विद्यार्थीमा मनोबल बढ्ने भन्दै आगामी बर्ष हुने राष्ट्रपती रनिङ सिल्डमा सहभागी गराउदा धेरै पदक ल्याउनेमा आफू विश्वास्त रहेको बताए ।

त्यसैगरी जिल्ला खेलकुद उपाध्यक्ष रमेश कर्माचार्यले खेलाडीहरुलाइ खेलको प्राबिधिक ज्ञान र पुर्वाधार बिना खेलमा सहभागी गराएर पदकको आस गर्नु बेकार रहेको भन्दै विद्यार्थीहरुलाई पहिला देखिनै तयारी गरेर खेलमा सहभागी गराउदा नतिजा राम्रो आउने बताए ।

कार्यक्रममा विद्यालयलका शिक्षिका जमुना ढकालको स्वागत साथै शिक्षक सन्सार राना मगरको सन्चालन रहेको थियो।

विद्यालयले माघ १ गते सम्म तेस्रो रास्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा ज्याभलिङ थ्रोमा र एथलेटिक्स तर्फ तेस्रो स्थान प्राप्त गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?