
सुनवल । साहित्य परिषद,नवलपरासीले शहिद दिवसको अवसरमा काब्यविमर्श एब रचना वाचन कार्यक्रम गरी शहीद दिवस मनाएको छ ।
साहित्य परिषद् नवलपरासीका अध्यक्ष डा.श्यामप्रसाद न्यौपानेको अध्यक्षतामा विभिन्न साहित्यिक रचना वाचन गरि सहिद दिवस मनाएको साहित्य परिषद नवलपरासीले जनाएको छ ।
कार्यक्रममा स्रष्टाहरूले स्वतन्त्रा र सार्वभौम सत्ताको उपलब्धीमा शहीदहरूको योगदान रहेकोले शहीदहरूलाई वर्षमा एक दिनमात्र सम्झेर नहुने विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा डा.घनश्याम न्यौपाने परिश्रमी, प्राध्यापक हुमाकान्त पाण्डे, लगायत साहित्य परिषदका भविस्वर पराजुली , तिलक भट्टराई (अन्जान), अशोक श्रेष्ठ, तुल्सिराम पाण्डे, प्रदिप भट्टराई , विश्वजित गुप्ता डिवि कार्की लगाएयले सहिदहरुको संझनमा रचना वाचन गरेका थिए ।
त्यस्तै कार्यक्रममा महाकवि देवकोटा नमुना माविका अध्यक्ष ज्ञानहरी अर्याल, प्रअ खेमलाल शर्मा, शिक्षक रुकमागत वस्याल लगाएतले सहिदहरुको योगदानको वारेमा धारणा राखेका थिए ।
काब्य विमर्श एवं रचना वाचन कार्यक्रममा महाकवि देवकोटा नमुना मा.विका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु कला वस्याल, शंकर अर्याल, कृष्ण क्षेत्री ,दिपा थापा लगाएतले आ-आफ्नो रचना वाचन गरेका थिए ।