
सुनवल । सिटिजन वैंक इन्टरनेसनल लि.सुनवल शाखाले सुनवलमा जारी योग तथा वहुउपयोगी ध्यान भवन निर्माणार्थ धनधान्याचल श्रीमदभागवत ज्ञान महायज्ञमा ६१ हजार १ सय ११ रुपैंया बरावरको जिन्सी सामाग्रीहरु सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तरर्गत महायज्ञमा सहयोग गरेको सिटिजन वैंक सुनवल शाखाका प्रर्वद्धक कृष्ण क्षेत्रीले जानकारी दिए ।
बैंकले कार्यक्रम अन्तरर्गत सामाजिक , आर्थिक, सांस्कृतिक , शैक्षिक क्षेत्रमा सकरात्मक परिर्वतनका ल्याउने योजना बमोजिम विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको वैंकले जनाएको छ ।
देशभरि १ सय ९० वटा शाखा रहेको सिटिजन वैंक इन्टरनेसनलको १ सय ५१ वटा एटिमर ९७ वटा शाखा रहित वैंकिङ ईकाइहरुबाट १६ लाख ८२ हजार सेवा ग्राहीलाई आधुनिक वैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।