
सुनवल । पश्चिम नवलपरासी प्रहरीले एक (पुष) महिनाको अवधिमा २ सय १७ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पक्राउ पर्नेमा ४२ जना महिला र १ सय ७५ जना पुरुष रहेका छन ।
विभिन्न मुद्दामा १२ दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका प्रतिवादीहरुलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रमेश बोहराका अनुसार पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान,डाका, अपहरण तथा शरीर बन्धक जस्ता घटनामा संलग्न व्यक्तिहरु छन ।
त्यसैगरी अंशबण्डा,कुटपिट,चोरी, किर्ते,जालसाजी, लागूऔषध,ज्यानमार्ने उद्योग जालसाजी,भ्रष्टाचार सार्वजनिक अपराध जस्ता मुद्दामा सजाय पाइ फरार प्रतिवादी समेत पक्राउ गरिएको डिएसपी बोहराले बताए ।
प्रहरीले पक्राउ परेकाहरुबाट १८ लाख ६५ हजार ४ सय ४३ रुपैयाँ जरिवाना असुल भएको जनाएको छ । प्रहरीले पक्राउ परेका सबैलाई अदालत बुझाएको जनाएको छ ।