
सुनवल । निजि विद्यालयको साझा संगठन सुनवल प्याब्सनको ७ औं साधारणसभा सप्पन्न भएको छ ।
प्याब्सनका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता र प्याब्सन नवलपरासी अध्यक्ष गुरुदत्त पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि पौडेलले विद्यालयले विद्यार्थीको रिजल्ट मात्र नभई व्यवहारिक क्रियाकलापमा जोड दिनुपर्ने बताए।
त्यस्तै कृष्णप्रसाद काफ्ले,प्याब्सन नवलपरासी जिल्ला वरिष्ठ उपाध्यक्ष डम्बर गुरुङ , सल्लाहकार थमन शेरचन,जनक अधिकारी, शिक्षक अभिभावक संघ केन्द्रिय सदस्य लोकनाथ ज्ञवालि लगायतले शुभकामना दिएका थिए ।
सस्थाको अध्यक्ष कृष्णप्रसाद शर्माले भावी कार्य योजना प्रस्तुत गरेका थिए । त्यसैगरी आर्थिक प्रतिवेदन कोषाध्यक्ष नरिस्वर पौडेल,सांगठनिक सचीव चोलाकान्त रेग्मीले प्रस्तुत गरेका थिए।
कार्यक्रम दिपक प्रसाद पौडेलको स्वागत र सचीव चोलाकान्त रेग्मीको संचालनमा रहेको थियो ।