
परासी । पश्चिम नवलपरासीको बर्दघाट – १४ बुद्दवस्तीमा जनयुद्दमा सहिद भएका सुर्य विक्रम थापा (सलिम)को शालिक अनावरण गरिएको छ । विहीवार सलिमको २० औं स्मृति दिवसको अवसरमा सम्मर स्मृति प्रतिष्ठानले निर्माण गरेको सहिद सलिमको शालिक शहिदस्मृति सामुदायिक अस्पताल विकास केन्द्रको प्रांगणमा आयोजित एक समारोहबीच क्रान्तिकारी कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालय सदस्य उदयबहादुर चलाउने (दीपक)ले अनावरण गरेका हुन ।
कार्यक्रममा पूर्व जनमुक्ति सेना नेपालका डिभिजन सहकमाण्डर समेत रहेका नेता चलाउनेले देशमा ब्यवस्था अझै नबदलिएको बताए । देशमा राजनीतिको अधिरचना बदलिएको तर ब्यवस्था भने दलाल पुजीवादी रहेको कारण अवस्था नबदलिएको भन्दै जनगणतन्त्र हुदै बैज्ञानिक समाजवादका लागि संर्घषको आवश्यकता रहेको बताए ।
त्यसैगरी नेकपा( माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा संविद्यानसभा सदस्य सीता वौडेलले शहिद सलीमसंगको सहकार्यको चर्चा गर्दै शहिदले देखाएको बाटोमा अगाडि बढ्नुको विकल्प नभएको बताइन । नेसपाका नेता तथा संविद्यान सभा सदस्य चिनक कुर्मीले माओवादीहरु तिररवितर भएर शहिदका सपना पूरा गर्न नसकिने बताए । क्रान्तिकारी कम्युनिस्ट पार्टी, केन्द्रीय सचिवालय सदस्य अशोक लम्सालले संसदीय ब्यवस्थाको अन्त्य नगरेसम्म जनताले मुक्ति नपाउने बताए । पोलिटब्युरो सदस्य किशन शर्मा गैरे, केन्द्रीय सल्लाहकार ठाकुर प्रसाद चापागाईले माओवादी आन्दोलन क्षतबिक्षत भएकोले सबै एक ठाँउमा आउनुपर्ने बताए ।
नेकपाका पोलिटब्युरो सदस्य बसन्त श्रेष्ठले संसदीय ब्यवस्थाको खारेजीका लागि सबै घटकहरुले आन्दोलन थाल्नुपर्ने औल्याए । बर्दघाट नगरपालिका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरले शहिदहरुलाई सम्झने गरेर कार्यक्रमहरु ल्याएको बताउदै शहिद राष्ट्रकै गहनाका रुपमा रहेको बताए ।
नेकपा एमालेका केन्द्रीय अनुशासन आयोग सदस्य चक्र बहादुर पराजुली, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य देबेन्द्र पाण्डे, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बृहस्पति अधिकारी, राष्ट्रिय जनमोर्चाका ढुण्डीराज पोखरेल ,शहिद स्मृति सामुदायिक अस्पतालका अध्यक्ष निमानन्द न्यौपाने, चिसापानी अस्पतालका अध्यक्ष ईन्द्र प्रसाद सापकोटा, बाल्मिकी माविकी प्रधानाध्यापक रामकुमारी पाध्या, शहिद परिवारको तर्फबाट खीमा रिजाल , सलीमकी आमा मीन कुमारी थापा लगायतले शहिदको सपना पुरा गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष उषा केसीको अध्यक्षता,सचिव उर्मिला थापाको संचालन,सविता लामाको स्वागतमा भएको थियो । वि.स. २०३५ सालमा स्याङ्जा जिल्ला वालिङ नगरपालिका-१४ उपल्लो पेखुमा जन्मेका सुर्यबिक्रम थापा वि.स.२०६० पौष १९ गते चितवनको जलबीरेमा शाहदत प्राप्त गरेका थिए ।