ट्रेन्डीङ्ग

रामग्राम जेसिज बर्ष २०२४ काे अध्यक्षमा पत्रकार पाैडेल

परासी । रामग्राम जेसिज बर्ष २०२४ काे अध्यक्षमा मोहन पाैडेल निर्विरोध निर्वाचित भएका छन । रामग्राम जेसिजकाे २३ ओै बार्षिक साधारणसभा तथा २४ ओै शाखा अधिवेशनबाट पाैडेलकाे नेतृत्वमा बर्ष २०२४ काे अध्यक्षमा चयन भएका हुन ।

जसकाे कार्यकारिणी उपाध्यक्षमा सुनिल कुमार यादव , हेमन्त चाैधरी, उपाध्यक्षमा श्रद्वासुमन आचार्य, राेशनी कुमार अग्रहरी, उमेश कहाँर, डा.किरण गुप्ता र सहसचिवमा बिन्द्रेश हरिजन र सह-काेषाध्यक्षमा हिमालचन्द्र अर्याल निर्विरोध निर्वाचित भएकाे निर्वाचन मण्डलका सदस्य गिरीराज पाण्डेले जानकारी दिए ।

जेसिजमा काेषाध्यक्ष, महासचिव र कानुनी सल्लाहकार अध्यक्षले मनाेनित गर्ने प्रवाधान रहेकाे छ जसअनुसार नवर्निर्वाचित अध्यक्ष पाैडेलले काेषाध्यक्षमा पुष्पा खनाल , महासचिवमा मुकेश नारायण लाेनिया र कानुनी सल्लाहकारमा विष्णु राव हरिजनलाई मनाेनित गरेका छन ।

२३ ओै बार्षिक साधारणसभा तथा २४ ओै शाखा अधिबेशन बर्ष २०२३ का अध्यक्ष  बेनिमाधव बस्यालकाे अध्यक्षयता तथा जिल्ला समन्वय समिति प्रमुख भगाैति यादव रूदलकाे प्रमुख आतिथ्यता भएकाे कार्यक्रममा प्रमुख यादवले जेसिजले युवाहरू नेतृत्व बिकास र क्षमता बिकासमा जिल्ला खेलेकाे भूमिका र याेगदन महत्त्वपूर्ण रहेकाे बताए ।

उनले अहिले देशमा युवाहरू बिदेशिने प्रबृत्ति हाबि हुदै गएकाेले जेसिजले यसलाई राेक्न खालकाे सामाजमा कार्यक्रम संचालन गर्नुपर्नेमा जाेड दिदै अब आउने नवनिर्वाचित कार्य समिती शुभकामना व्यक्त गरेका थिए। 

कार्यक्रममा जेसिजका राष्ट्रिय पूर्व अध्यक्ष सिनेटर श्रीधर बस्याल,जेसिजका बर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरी , पूर्व अध्यक्ष  सिनेटर गिरीराज पाण्डेय लगायतले शुभकामना व्यक्त गरेकाे जेसिजका बर्ष २०२३ का महासचिव बिष्णुराज राव हरिजनले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?