
वालिङ । स्याङ्जाको वालिङ – ८ मा रहेको साथीभाइ बहुउद्देशयीय सहकारीको पाँचौ बार्षिक साधारसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । सहकारीका अध्यक्ष माधव अर्यालको अध्यक्षता एवं वालिङ नगरपालिका -९ का वडा अध्यक्ष अमृत श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले कोरोनाले शिथिल बनाएको आर्थिक संकट बिस्तारै चलायमान हुँदै गएको सुखद अवस्था रहेकाले अब सहकारी एवं बैंक तथा वित्तीय संस्थाले लगानीका ढोकाहरु खोल्नु पर्ने बताए ।
श्रेष्ठले भने बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई
चर्को ब्याजको मारमा पारेकाले ठूला व्यापारी खुम्चिएका र साना व्यवसायी सुक्दै गएकोले बेलैमा सरकारको ध्यान जानुपर्ने बताउदै तत्काल यस्ता समस्यामा राज्यको उपस्थिति अनुभूति गराउन नसक्ने हो भने थप समस्या देखिने भएकाले तुरुन्तै यसतर्फ सम्बन्धित निकायले ध्यान पुर्याउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्णामृत भवानी माध्यमिक विद्यालयका शिक्षक प्रदीप बगालेले आफुले अध्यापन गराएका विद्यार्थीहरूको एकता स्वरूप सुरुवात गरेको सहकारीको प्रगति देखेर दंग परेको बताए । देशका विभिन्न क्षेत्रमा काम गरिरहेका आफ्ना उत्पादनहरुको सुख दुःखमा सहभागी हुन पाउँदा एक शिक्षकको जीवन सफल भएको बताउँदै अझै रचनात्मक काममा अग्रसर हुन सहकारीलाई सुझाब दिए ।
बगालेले सानो सानो पुँजी निर्माण गर्दै कृषि क्षेत्र उद्योग र उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सक्दा वार्ड नगर हुँदै सिंगो राष्ट्रलाई नैं टेवा पुर्याउन सक्ने वातावरण बनाउनु पर्नेमा बताए ।
कार्यक्रममा वार्ड नं ८ की वार्ड सदस्य कविता रणपाल , संस्थापक अध्यक्ष रमेश बगाले, सल्लाहकार सुशील अर्याल , ज्ञामू पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सहकोषाध्यक्ष राजेन्द्र अधिकारीको स्वागतमा र सचिव भरत बगालेको सञ्चालनमा रहेको थियो।
सहकारीको दोस्रो अधिवेशनले माधव अर्यालको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा भरत बगाले , सचिवमा अमृत बगाले , सहसचिवमा संगिता नेपाली , कोषाध्यक्षमा इन्द्रा भुसाल शर्मा र सह-कोषाध्यक्षमा बिष्णु माया चापागाईं अर्याल चयन भएका छन । त्यसैगरी सदस्यहरुमा क्रमश : प्रदीप पाठक ,मना थापा र कविता रनपाल चयन भएका छन ।