
बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं.-९, पन्चनगरमा रहेको राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको तयारी तिव्र रुपमा अगाडी बढेको पाइएको छ ।
बिबिध कार्यक्रम सहित पौष १५ गते देखि २१ गते सम्म साप्ताहिक रुपमा स्वर्ण जयन्ती मनाइने स्वर्ण जयन्तीको तयारी तिव्र रुपमा अगाडी बढेको मुल समारोह समिति सदस्य बालिन्द्र बिक्रम शाहीले जानकारी दिए ।
संविधान सभा सदस्य बिक्रम खनालको संयोजकत्वमा मुल समारोह ५९ सदस्यीय समिति गठन भइ काम अगाडी बढिरहेको छ । स्वर्ण महोत्सव मनाउनका लागि २६ वटा उपसमितिहरु बनाइए तयारी गरिएको छ ।
बुधबार उप समितिले हालसम्म सम्पादन गरेका प्रगति सार्वजनिक गर्दै आगामी रणनीतिका बिषयमा छलफल गरिएको छ । बुधबार उपसमितिहरुको बैठकमा स्वर्ण जयन्ती कार्यक्रमका लागि तयारी तिव्र गतिमा अगाडी बढेको उपसमितिका संयोजकहरुले बताए ।
मुल समारोह समिति संयोजक संविधानसभा सदस्य बिक्रम खनालले लामो शैक्षिक इतिहास बोकेको विद्यालयको स्वर्ण महोत्सव मनाउन सबै पक्षको सहयोगले थप उर्जा मिलेको बताए । खनालले भने स्वर्ण महोत्सवको सम्पूर्ण आर्थिक कारोबारको छुट्टै राखी सम्पुर्ण अभिभावक, विद्यार्थी, एब सरोकारवालाहरुलाई राखेर सार्वजनिक गरिने छ । हामी पारदर्शी रुपमा स्वर्ण महित्सोव मनाउन गइरहेका छौं ।” शैक्षिक धरोहरको रुपमा रहेको विद्यालयको स्वर्ण जयन्तीलाई सबैको सामुहिक प्रयासबाट सफल बनाइ विद्यालयको इतिहासमा थप गौरवान्वित बनाउन सकिने खनालको भनाइ छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईंले विद्यालयको इतिहासमा थप इट्टा थपिने बताए ।
स्वर्ण जयन्ती मनाउने अवसरमा विद्यालयले स्वर्ण जयन्ती स्तम्भ निर्माण गर्ने स्वर्ण जयन्तीकै अवसरमा स्मारिका प्रकाशन गर्ने विद्यालयले जनाएको छ ।