
सरावल । नवलपरासी सेवा समाज युएईले पश्चिम नवलपरासीको सरावल गाउँपालिका-१ पथरहियामा रहेको सरस्वती आधारभुत विद्यालयलाई ५१ हजार रुपैयाँ बराबरको अक्षयकोष रकम हस्तान्तरण गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद चौधरी तथा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा आर्थिक सहयोग हस्तान्तरण गरेको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य खडग बस्नेतले वैदेशिक रोजगार गएकाले आफ्नो व्यक्तिगत जिविको पार्जन मात्र नभई समाज परिवर्तनमा अतुलनीय सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । त्यसैगरी विद्यालय सुधारमा अभिभावकले अपन्तव बोध गर्नुपर्ने बताउदै विद्यालय सुधारका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यसैगरि युएई सेवा समाज युएईका महासचिव ठग प्रसाद डुम्रेले समाज बदल्ल केहि सहयोग हुने आश सहित भविष्यका कर्णदारको शैक्षिक सुधारका लागि विद्यालयलाई आर्थिक सहयोग गरिएको बताए ।
कार्यक्रममा वडा सदस्य गोरे मगर,युएई समाज नेपाल प्रतिनिधि युवराज पुन लगायतले बोलेका थिए ।
विद्यालयकि प्रध्यानाध्यापक ओमकुमारी चौधरीको स्वागत गर्दै विद्यालय संचालन गर्न श्रोत अभाव भएको सहयोग गर्ने संस्थालाई धन्यवाद व्यक्त गर्दै कमि कम्जोरी सच्याउदै अगाडि बढ्ने बताइन।चौधरीले बालबालिकाको भविष्यका लागि अभिभावकले अनावश्यक खर्च गर्नुभन्दा विद्यालयमा दान गर्न आग्रह समेत गरेकी थिइन।
कार्यक्रमको संचालन राजु लामिछानेले गरेका थिए ।
नवलपरासी युएई सेवा समाजका सस्थापक अध्यक्ष मित्रलाल पाण्डे,उपाध्यक्ष कोपिला सापकोटा,सस्थाका सस्थापक सदस्यहरु,आजिवन सदस्यहरु र कार्यसमिति सदस्यहरुको सहभागीता रहेको सुनिल पाण्डेले जानकारी दिए ।