
सुनवल।पश्चिम नवलपरासीको सुनवल -६ बिसासयमा रहेको जनकल्याण बहुउद्देश्यीय सहकारी सस्था लि.को २४औं साधारणसभा सम्पन्न भएको छ।सस्थाका अध्यक्ष दयाराम भण्डारीको अध्यक्षता तथा सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
प्रमुख अतिथि अर्यालले सहकारीको व्यवस्थित गर्दै नव प्रवर्तनामा गर्दै अगाडि बढाउन नगरपालिका सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरीन । सहकारीले सामुदायिक स्तरमा उत्पादनलाई जोड दिदै अगाडि बढ्नुपर्ने जोड दिइन।
त्यसै कार्यक्रममा जिल्ला सहकारी संघ सचीव चण्डी प्रसाद पाण्डे, सुनवल वडा ६ का अध्यक्ष हिमलाल शर्मा चापागाईं , सस्थांका पुर्व अध्यक्ष थान प्रसाद गैह्रे, सल्लाहकार संयोजक रुक्मांगद बस्याल सल्लाहकार समिति सदस्य रमेश पौडेल ,सर्वानिङ्गण कृषि बचत तथा ॠण सहकारीका अध्यक्ष खगराज उपाध्याय लगायतले सुभकामना व्यक्त गरेका थिए ।
सस्थामा हाल १ हजार ८ सय ४१ सदस्य रहेको र करिब १३ करोड ५० लाख माथि पुगेको अध्यक्ष दयाराम भण्डारीले बताए।
त्यस्तै सस्थाले आर्थिक बर्ष ७९/०८० मा ४१ लाख ७३ हजार २ सय २७ शुद्ध नाफा गर्न सकेको सस्थाका कोषाध्यक्ष रमेशकुमार भुसालले जानकारी दिए । त्यस्तै लेखा सुपरिवेक्षण समितिको वार्शिक प्रतिवेदन लेखा संयोजक प्रेम नारायण भुसालले प्रस्तुत गरेका थिए । सस्थाले शैक्षिक क्षेत्र साथै विविध क्षेत्रमा उत्कृष्ट सेयर सदस्यका छोराछोरी र जेष्ठ नागरिकलाई नगद सहित सम्मान गरेको थियो । साधारणसभामा सेयर सदस्यले उत्पादन गरेका मह,ढाकाको कपडा ,बेल जुस लगायतको सामग्री प्रदर्शनी गरिएको थियो । लायन्स क्लब सुनवलको सहयोगमा नि:शुल्कसुगर चेकजाँच गरीएको थियो ।
सस्थाका उपाध्यक्ष पदम प्रसाद काफ्लेको स्वागत सगै सुरु भएको कार्यक्रमको संचालन सचिव ओमकान्त तिमिल्सिनाको रहेको थियो।