ट्रेन्डीङ्ग

सुनवल लघुउद्यमी बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा पुन:देवीबहादुर गुरुङ

सुनवल । पश्चिम नवलपरासीको सुनवल स्थित सुनवल लघु उद्यमी बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुन: देवी वहादुर गुरुङको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको छ । जसको उपाध्यक्षमा देव बहादुर क्षेत्री, सचिवमा हिमलाल पराजुली र कोषाध्यक्षमा धनमाया भुसाल चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा राम प्रसाद सुवेदी, केशकुमारी न्यौपाने क्षेत्री, पुष्पा पन्थ जैसी, छन्नु प्रसाद श्रेष्ठ, सुमित्रा विक, भरत कुमार श्रेष्ठ र रविना पोखरेल क्षेत्री चयन हुनु भएको निर्वाचन समिति संयोजक वद्री प्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै लेखा समिति संयोजकमा पुन:विकास श्रेष्ठ चयन भएका छन भने सदस्यहरुमा राजमान श्रेष्ठ र राधा भुसाल चयन भएको निर्वाचन समिति संयोजक पौडेलले जानकारी दिए ।

संस्थाका अध्यक्ष देवी बहादुर गुरुङको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष मान बहादुर थापाको प्रमुख आतिथ्यितामा साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो ।

साधारण सभालाई सम्वोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष थापाले कृषि उद्यमलाई वर्तमान अवस्थामा अगाडी वढाउनुपर्ने बताए । कृषिलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिदै वडाध्यक्ष थापाले बर्तमान विषम आर्थिक परिस्थीतिलाई पार गर्न पनि कृषिको मुख्य भुमिका हनेमा जोड दिए । मौसमी तथा वेमैसमी तरकारी फलफुल तर्फ सहकारीका शेयर सदस्यहरु सवैलाई आवबद्ध गराई कृषि उद्यमशिलता बाट आत्मनिर्भर तर्फ उन्मुख हुनु पर्ने थापाले बताए ।

कार्यक्रममा सर्वाङीण कृषि सहकारी संस्थाका अध्यक्ष खगराज उपाध्याय,सुनवल लघु उद्यमी बचत तथा ऋण सहकारी संस्था लिका संस्थापक अध्यक्ष दान वहादुर श्रेष्ठ लगाएतले शुभकामना व्यक्त गरेका थिए।

सुनवल लघुउद्यम सहकारी विभागबाट जारी गरिएका निर्देशन र कानुनलाई पालना गर्दै अगाडि वढेको संस्थाका अध्यक्ष देवी बहादुर गुरुङले बताए ।

वि.स २०६६ सालमा स्थापित संस्थाले शेयर सदस्यहरुको जीवनस्तर उकास्न र अझ वढी सेवा सुविधा बढाई शेयर सदस्यहरुलाई व्यावसायिक बनाई दिगो र भरपर्दो रुपमा अगाडी वढ्नको लागी योजना सहित संस्था लागी परेको बताए ।

४ सय ७९ शेयर सदस्य रहेको सुनवल लघु उद्यमी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९/०८० मा १९ लाख ३२ हजार ६ सय ५८ रुपौया शुद्ध नाफा गर्न सफल भएको संस्थाका कोषाध्यक्ष मेनका तिमिल्सिनाले बताए ।

साधारण सभामा संस्थाको लेखा परिक्षण प्रतिवेदन संस्थाका लेखा समिति संयोजक विकास श्रेष्ठले प्रस्तुत गरेका थिए ।

स्वागत मनतब्य संस्थाका उपाध्यक्ष मिना राईको रहेको थियो भने कार्यक्रमको संचालन सचिव हिमलाल पराजुलीले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?