ट्रेन्डीङ्ग

सामाजिक विकास डिभिजन कार्यालयद्वारा सुनवलका सामुदायिक विद्यालय अनुगमन

सुनवल । सामाजिक विकास डिभिजन कार्यलय भैरहवाले पश्चिम नवलपरासीको सुनवलका सामुदायिक विद्यालयमा अनुगमन गरेको छ ।
आर्थिक बर्ष २०८०/०८१ मा प्रदेश सरकारले डिभिजन कार्यलय मार्फत विद्यालयको भौतिक पुर्वाधार अन्तरगर्त बजेट बिनियोजन भएका विद्यालयहरुको अनुगमन गरिएको हो ।

विद्यालयको भौतिक पुर्वाधार बिकासका लागि प्रदेश सभाको संसद बिकास बजेट बिनियोजन भएका विद्यालय बजेट कार्यनयन प्रारम्भिक स्थलगत अनुगमन गरिएको डिभिजन कार्यलय भैरहवा सूचना अधिकृत एवं योजना प्रमुख जनार्दन अधिकारीले बताए ।
लुम्बिनी प्रदेशसभा सदस्य खडग बस्नेत,सामाजिक विकास डिभिजन कार्यलय भैरहवा कार्यलय प्रमुख हरि बहादुर बिष्ट,ईन्जिनियर रौनक ज्ञवालि,सव-इन्जिनियर मनिशा अर्याल,विद्यालय व्यवस्थापन समिति महासघं सुनवल नगर अध्यक्ष सुर्य प्रसाद न्यौपाने लगायतको टोलिले अनुगमन गरेको योजना कार्यक्रम प्रमुख अधिकारीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?