
परासी।जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेडको ३१ औं बार्षिक साधारणसभा अन्तरगत बासाबसही सेवा केन्द्रमा सम्पन्न भएको छ।
सरावल गाउँपालिका अध्यक्ष सुखाडी चौधरीले बर्दघाटमा स्थापना भइ सरावलमा सेवा केन्द्र खोली राम्रो सेवा प्रवाह गरेकोमा जनकल्याणलाई आभार प्रकट गरेका थिए । चौधरीले भने -“अहिले सहकारी क्षेत्रमा केहि समस्या आएको छ । यी सबै समस्याहरु शेयर सदस्य र संचालकहरु मिलेर अगाडि बढे अहिले देखिएका सबै सहकारीका समस्या समाधान गर्ने सकिन्छ ।”
कार्यक्रममा सस्थाका कोषाध्यक्ष बामदेव अधिकारीले सस्थाको आर्थिक बर्ष २०७९/८० मा आर्थिक प्रतिबेदन आगामी नीति प्रस्तुत गरेका थियो।
बिगतमा १ लाख रुपैयाको दुर्घटना बिमालाई अहिले ३ लाख बनाइएको गत आर्थिक बर्ष ७ करोड १२ लाख आम्दानी गरेको र ५ करोड ८५ लाख खर्च गर्दै १ करोड २६ लाखनाफा कमाएको अधिकारीले बताए ।
शेयर वृद्धि निति,बचत निति,ऋण निति,शेयर सदस्य बन्न, बनेका शेयर सदस्यले सेयर रकम थप गर्न,नियमित बचत गर्ने, कर्जाको किस्ता समयमा नै तिर्न सस्थाका अध्यक्ष कुलदिप आचार्यले बताए।उनले भने-“जनकल्याण सहकारी निति र बिधीमा संचालक रहेकाले शेयर सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्नुहोस।”
सस्था स्थापना दिवसको अवसरमा असोज र कार्तिकमा सदस्य बन्दा प्रवेश शुल्क नलाग्ने अध्यक्ष आचार्यको भनाइ छ ।
कार्यक्रममा शेयर सदस्य बिष्णु पाण्डे, चिरञ्जीवी अर्याल, मणि प्रसाद बस्याल, सरावल १ का वडा अध्यक्ष बिष्णु प्रसाद भट्टराइ लगायतले बोल्दै सहकारीको सेवा प्रवाह सङ्ग सम्बन्धि जिज्ञासा राखेका थिए ।
बासा बसाही सेवा केन्द्रका हरि प्रसाद ढकालको स्वागत रहेको कार्यक्रमको संचालक सचिब चेत नारायण भण्डारीले गरेका थिए।