ट्रेन्डीङ्ग

शिक्षा बिधेयक खारेजीको माग गर्दै ज्ञानकुन्ज बोर्डिङमा क्रान्तिकारीको कालो ब्यानर

परासी । बैध्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट अखिल क्रान्तिकारी नवलपरासीले प्रदेश साम्सद विश्वप्रेम पाठकको लगानी रहेको ज्ञानकुन्ज शिक्षा सदन बर्दघाट-१३ धनेवामा कालो ब्यानर टागेको छ ।


प्रस्तावित शिक्षा बिधेयकले शैक्षिक निजीकरण एवं माफियाकरणलाई जोड दिएकोले त्यसको खारेजीको माग गर्दै आएको क्रान्तिकारीले जनप्रतिनिधिहरुको लगानीमा संचालित निजी बिद्यालयलाई निशाना बनाउदै कार्यक्रम गर्दै आएको छ ।


जिल्लामा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा पालिकाका जनप्रतिनिधिहरुको लगानीमा रहेका विभिन्न बिधालयहरुमा कालो ब्यानर राख्ने कार्यक्रमको पहिलो चरणमा उक्त कार्यक्रम सम्पन्न गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal