ट्रेन्डीङ्ग

नेकपा मै छु , अनुमति विनै पार्टी प्रवेशको झुटो प्रचार गरियो : रामप्रित


परासी । विप्लव नेकपा नवलपरासीका जिल्ला सदस्य रामप्रित चमार(करण) नेकपामा मै रहेको बताएका छन् । उनले एक विज्ञप्ती निकाल्दै क्रान्तिकारी कम्युनिष्टले अनुमति विनै विज्ञप्तिमा जारी गरि पार्टी प्रवेशको झुटो प्रचार गरियो । उनले भने विप्लव नेतृत्वको नेकपामै रहेको प्रष्ट पारेका छन ।

केही दिन अघि नेकपा परित्याग गरि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीमा समाहित भएको क्रान्तिकारी पार्टीले गरेको भनिएका रामप्रितले वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेताहरुले आफूलाई झुक्काएर पार्टी प्रवेश गरेको भनी भ्रम छरेको दाबी विज्ञप्तिमा उल्लेख गरेका छन ।


रामप्रित केहिदिन अगाडी क्रान्तिकारी कम्युनिष्ट पार्टीमा समाहित भएको उक्त पार्टीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?