ट्रेन्डीङ्ग

जिसन क्विज हन्ट प्रतियोगितामा न्यु लिटिल बुद्ध सुस्ता प्रथम,सुनवनको सिद्दार्थ सिसुसदन दोस्रो

सुनवल । जिसन नवलपरासीको आयोजनामा सुनवलमा आयोजित माध्यमिक तहका विधार्थी विच भएको क्जि हन्ट प्रतियोगितामा न्यु लिटिल बुद्ध सेकेण्डरी स्कुल सुस्ता प्रथम भएको छ ।

त्यसैगरी सिद्धार्थ सिसुसदन सेकेण्डरी स्कुल सुनवल दोस्रो,पाइनीयर ईङ्गिलस बोर्डिङ्ग स्कुल सुनवल तेस्रो साथै रे लिटिल स्टेप सेकेण्डरी स्कुल अरुणखोला सान्त्वना भएको छन।

जिसन नवलपरासी अध्यक्ष डम्बर बहादुर गुरूङको अध्यक्षता तथा सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यता भएको कार्यक्रम बोल्दै नगर प्रमुख अर्यालले अतिरिक्त क्रियाकलापबाट बिद्यार्थीको क्षमता अभिबृद्वि हुने बताइन । उनले अनुशासन निरन्तर रुपमा कृयशिल हुनुपर्ने जोड दिदै व्यक्तित्व बिकासका लागि यस्ता कार्यक्रम भइरहनु पर्ने बताइन ।

वरिष्ठ उपाध्यक्ष थमन शेरचनको स्वागत तथा सहसचिव बलिराम यादवको संचालन रहेको कार्यक्रममा कार्यक्रम संयोजक पदम चन्द ठकुरीले कार्यक्रमबारे प्रकाश पारेका थिए।

कार्यक्रममा सल्लाहकार ईन्द्र गुरूङ,यमबहादुर थापा,सन्तोष रौनियार,सुनवल प्याब्सन अध्यक्ष कृष्ण प्रसाद शर्मालगायतले आ-आफ्ना भनाई राख्नुभएको राखेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?