ट्रेन्डीङ्ग

क्रान्तिकारी कम्युनिस्ट पार्टी अर्घाखाँचीको संयोजकमा रावत

अर्घाखाँची।बैध नेतृत्वको क्रान्तिकारी माओवादि र कंचन नेतृत्वको नेकपा(बहुमत)बीच एकता पछी बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टीले अर्घाखाँची जिल्लामा एकता अधिवेशन सम्पन्न गरेको छ।

 

पार्टीले केन्द्र,प्रदेश हुँदै जिल्लासम्म एकता प्रक्रिया अगाडि बढाएको पार्टीले आज अर्घाखाँची जिल्ला समितिको एकता अधिबेशन,प्रशिक्षण तथा बैठकले टकमान रावतको संयोजकत्वमा २९ सदस्य जिल्ला आयोजक सम्मेलन समिति गठन गरेको हो।

 

अधिबेशन एवं पहिलो जिल्ला भेला ज्वालाको अध्यक्षतामा पार्टी प्रदेश इन्चार्ज प्रमोदको प्रमुख आतिथ्यतामा एवं पार्टी सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक समीर,पार्टी प्युठान जिल्ला इन्चार्ज टिकाराम,पार्टी अर्घाखाँची जिल्ला इन्चार्ज हुकुमको उपस्थितिमा सम्पन्न भएको विद्यार्थी प्रदेश संयोजक तथा पार्टी पुर्व अर्घाखाँची सचीव नवीन खड्काले जानकारी दिए।

 

अधिवेशन,प्रशिक्षण तथा बैठकमा साविकका दुई पार्टीका जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal